काठमाडौँ । गायक प्रेमी रोहनप्रित सिंहसँग लगनगाँठो कसेकी बलिउड चर्चित गायिका नेहा कक्कड अहिले दुबईमा छिन् । उनी दुबईमा हनिमुन मनाउन पुगेकी हुन् । दुबईमा एक भब्य होटलमा बसेका यो जोडीले विदेशको भिडियो सार्वजनिक गरेको छ ।
यो जोडीको कोठा रोमान्टिक तरिकाले सजाएको दृश्य भिडियोमा देख्न सकिन्छ । त्यस्तै नेहाले दुबई उड्नुअद्धि विमानस्थलबाट भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा नेहा कफि खाँदै गरेको अवस्थामा देखिएकी छन् ।
जहाँ नेहा निकै खुसी देखिएकी छन् । नेहाले रोहनप्रितसँग गत २४ अक्टुवरमा बिवाह गर्नुअघि यो जोडिको विबाह हुन लागेको भन्दा उनीहरुको गीतको प्रचार गरेको भन्ने भ्रम दर्शक र उनका फ्यानलाई परेको थियो । तर नेहाले सबैलाई चकित पार्दै रोहनप्रितसँग विबाह गरिन् ।