नेपाली खोज
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • बिपी प्रतिष्ठानमा धनकुटाका एक कोरोना सङक्रमितको मृत्यु

बिपी प्रतिष्ठानमा धनकुटाका एक कोरोना सङक्रमितको मृत्यु

  • Nirmala Karki
  • आइतवार, कार्तिक २३, २०७७
बिपी प्रतिष्ठानमा धनकुटाका एक कोरोना सङक्रमितको मृत्यु

धरान, २३ कात्तिक: यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा आज थप एकजना कोरोना सङक्रमितको मृत्यृ भएको छ । यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ ।

धनकुटा नगरपालिका–३, पाख्रीबासका ७२ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिनुभयो । यही कात्तिक २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा निकै समस्या भएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका