नेपाली खोज
शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • विहार राज्यमा भएको निर्वाचनलाई दृष्टिगत गर्दै बन्द गरिएको महोत्तरीका नाका सञ्चालनमा

विहार राज्यमा भएको निर्वाचनलाई दृष्टिगत गर्दै बन्द गरिएको महोत्तरीका नाका सञ्चालनमा

  • Nirmala Karki
  • आइतवार, कार्तिक २३, २०७७
विहार राज्यमा भएको निर्वाचनलाई दृष्टिगत गर्दै बन्द गरिएको महोत्तरीका नाका सञ्चालनमा

जलेश्वर, २३ कात्तिक: भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै बन्द गरिएको महोत्तरीका सीमानाकाहरु आज बिहानदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोनाभाइरसलाई दृष्टिगत गर्दै मुख्य प्रवेशद्वारहरु बन्द गरिए पनि अन्य स्थानबाट आवतजावत पुनः सञ्चालन रहेकामा विहारमा भएको विभिन्न चरणको चुनावमा पटकपटक सामान्य आवतजावत पनि बन्द गरिएको थियो ।

पछिल्लोपटक शनिबार सम्पन्न अन्तिम चरणको चुनावको बेला महोत्तरीको करीब ३९ किलोमिटरको सीमानाका पूर्ण रुपेन बन्द गरिएकामा नेपाल भारत आवतजावत शुरु भएको हो । खुल्ला सीमानाका कारण वन तथा अन्य स्थानमा समेत भारतीय सुरक्षाकर्मीले कडा निगरानी बढाएपछि ठप्प रहेको आवतजावत शनिबार सम्पन्न अन्तिम चरणको चुनावपश्चात् पुनः सञ्चालन भएको हो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका