नेपाली खोज
सोमवार, माघ १२, २०७७
  • होमपेज
  • बैतडीमा जीप दुर्घटना एक जनाको मृत्यु

बैतडीमा जीप दुर्घटना एक जनाको मृत्यु

  • Nirmala Karki
  • आइतवार, कार्तिक २३, २०७७
बैतडीमा जीप दुर्घटना एक जनाको मृत्यु

बैतडी, २३ कात्तिक: जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–२ कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

दोगडाकेदार–३ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग१ज ५१९२ नम्बरको बोलेरो जीप शनिबार राति ८ बजेतिर हुलाक भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी दोगडाकेदार–३ श्रीकोटका जीपचालक २३ वर्षीय दीपक चन्द घाइते भएका छन् । उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

जीपमा दुई जना मात्रै सवार रहेको बताइएको छ । जीप सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका