नेपाली खोज
शनिबार, माघ १०, २०७७
  • होमपेज
  • प्रदेश १ मा ४९८ सङ्क्रमित थपिए, गण्डकीमा थप तीन जनाको मृत्यु

प्रदेश १ मा ४९८ सङ्क्रमित थपिए, गण्डकीमा थप तीन जनाको मृत्यु

  • Nirmala Karki
  • आइतवार, कार्तिक २३, २०७७
प्रदेश १ मा ४९८ सङ्क्रमित थपिए, गण्डकीमा थप तीन जनाको मृत्यु

विराटनगर, २३ कात्तिकः पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ४९८ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये महिला १९८ र पुरुष ३०० रहेका छन् । आज थपिएको सङ्क्रमितमा मोरङमा २०२ मध्ये विराटनगरमा ११७, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६/१६, इलाममा आठ, धनकुटामा तीन, पाँचथर, सोलुखुम्वु, संखुवासभा र तेह्रथुममा दुईदुई, भोजपुरमा एक र प्रदेश बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार ६१५ पुगेको छ भने आज ५२७ सहित अहिलेसम्ममा १३ हजार ५६७ जना निको भएर घर फर्किएका छन् । आज डिस्चार्ज हुनेमा सबै भन्दा बढी होमआइसोलेशनबाट ५२४ जना रहेको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टाको अवधिमा यसप्रदेशमा दुई हजार ६७५ जना सहित कुल एक लाख ६९ हजार ९९५ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २७८ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । यस अवधिमा १७ जना निको भएका छन् । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या नौ हजार १७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माले जानकारी दिनुभयो । प्रदेशमा हालसम्म निको हुने सङ्क्रमित चार हजार ८५२ रहेका छन् । सङ्क्रमणका कारण हालसम्म १०३ जनाले ज्यान गुमाउनुका साथै सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६२ पुगेको निर्देशनालयले जनाएको छ ।

कोरोना महामारीको समयमा अस्पतालमा उपचारत बिरामीलाई रगतको कमी नहोस् भन्ने उद्देश्यका साथ नेपाल सङ्गीतकर्मी सङ्घ कास्कीद्वारा आज आयोजित आकस्मिक रक्तदानमा ३० युनिट रगत सङ्कलन भएको छ । कोरोना महामारीसँगै ठाउँ ठाउँमा रगतको अभाव रहेको अवस्थालाई दृष्टिगत गर्दै आकस्मिक रक्तदान गरिएको सङ्घका सल्लाहकार कृष्ण रानाभाटले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष शंकर वास्तोला, पोखरा उद्योग वाणिज्य संघकी सदस्य मुना वास्तोला, राष्ट्रिय सङ्गीतकर्मी सङ्घ नेपालका केन्द्रीय सदस्यद्वय राजकुमार हुमागाई र सन्तोष अधिकारी, गण्डकी प्रदेशका महासचिव तथा जिल्ला सल्लाहकार कृष्णप्रसाद गौतम, संघका अध्यक्ष ऋषिराम दाहाल लगायतले कोरोना महामारीको जोखिम बढिरहेको अवस्थामा आ आफ्ना तवरबाट सजग बन्नुको विकल्प नभएको बताउनुभयो । महामारीका समयमा गरिएको आकस्मिक रक्तदानले अस्पतालमा रगतको अभावमा छटपटाएका बिरामीका लागि राहत मिल्नेमा उहाँहरूले जोड दिनुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका