नेपाली खोज
शुक्रबार, माघ २, २०७७
  • होमपेज
  • सल्यानमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, जीपमा सवार अन्य पाँच जना भने सुकशल

सल्यानमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, जीपमा सवार अन्य पाँच जना भने सुकशल

  • Nirmala Karki
  • आइतवार, कार्तिक २३, २०७७
सल्यानमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, जीपमा सवार अन्य पाँच जना भने सुकशल

सल्यान, २३ कात्तिक: सल्यानमा आज बेलुका जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दाङ्गको तुल्सीपुरबाट रोल्पाको सुखाओढारजाँदै गरेको लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय जीपख चालक भिमबहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका–५ निवासी ६५ वर्षीय गजबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीपमा सवार अन्य पाँच जना भने सुकशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिनुभयो । प्रहरी घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि सल्यान अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका