नेपाली खोज
शनिबार, माघ १०, २०७७
  • होमपेज
  • नायिका बर्षा र रुकमान फिचर्ड खुसीको ‘कति मीठो’ सार्वजनिक (भिडियो)

नायिका बर्षा र रुकमान फिचर्ड खुसीको ‘कति मीठो’ सार्वजनिक (भिडियो)

  • Nirmala Karki
  • आइतवार, कार्तिक २३, २०७७
नायिका बर्षा र रुकमान फिचर्ड खुसीको ‘कति मीठो’ सार्वजनिक  (भिडियो)

काठमाडौं । इलामेली गायिका खुसी थुलुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक फ्लेवरमा रहेको ‘कति मीठो राम साइँला कुवाको पानी’ बोल गीतको भिडियोमा गायक तथा मोडल रुकमान लिम्बू र अभिनेत्री वर्षा सिवाकोटीले अनस्क्रिन रोमान्स गरेका छन् ।

भिडियोलाइ शुक्रबार गायिका खुसीले आफ्नै अफिसियल यु–ट्युब च्यानल ‘खुसी थुलुङ’बाट सार्वजनिक गरेकी हुन् । युवराज वाइबाले निर्देशन गरेको यस गीतको भिडियोमा पनि पूर्वेली फ्लेवर मिसाइएको छ । डिपी खनालको शब्दरचना रहेको यस गीतलाई विक्रम राईले संगीत गरेका हुन् ।

निसल पौडेलको छायाँकन रहेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन । भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी र रुकमान तेह्रथुमे ढाका बुटिकको पहिरनमा खुलेका छन् ।

भिडियो सार्वजनिक गरेपछि गायिका खुसीले भनिन्, ‘यो गीतप्रति निकै आशावादी छु ।’ सबै प्रकारका गीत गाउन सक्ने क्षमता भएकी गायिका खुसीको यसअघि थुप्रै चर्चित गीत श्रोता तथा दर्शकमाझ आइसकेका छन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका