काठमाडौं । द भ्वाइस अफ नेपाल फेम्ड गायिका बिमोचना लम्जेलको सुमधुर स्वरमा रहेको नयाँ गीत ‘सपना मेरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
एक युवतीको भविष्यको सपना र कल्पना व्यक्त गरिएको यस गीतका शब्द गायिका लम्जेल र विवेक क्षेत्रीले मिलेर लेखेका हुन् । गीतमा संगीत गायिका लम्जेल र दार्जिलिङका सुपरिचित संगीतकार र गितारवादक अनित थापाको रहेको छ ।
दार्जिलिङमा रेकर्डिङ भएको गीतको भिडियो पनि दार्जिलिङको मिरिक वरपर छायांकन गरिएको हो । म्युजिक भिडियोमा अंकिता थुलुङ राई, सुभाष तामाङ, बिन्द्या तामाङको अभिनय देख्न सकिन्छ । अरविन्द राज प्रोडक्शनको निर्माणमा तयार पारिएको भिडियोलाई गायिका लम्जेलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
सुरुदेखि नै साँगितिक परिवारमा हुर्किएकी बिमोचना चर्चित लोक गायिका डेजी बराईलीकी छोरी हुन् । उनका बुवा पनि चर्चित संगीतकार हुन् । यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायिका लम्जेलले सम्पुर्ण दर्शक स्रोर्ता तथा मिडिया हाउसलाई आग्रह गरेकी छिन् ।