दमौली, २२ कात्तिकः तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेका पहिरोपीडित आनबहादुर थापालाई रु दुई लाख ४४ हजार एक सय ५० हस्तान्तरण गर्दै तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भीमराज गुरुङ । गत असार २८ गतेको पहिरोमा पुरिएर आनबहादुरका पाँच जना परिवारको मृत्यु भएको थियो । तस्बिरः कृष्ण न्यौपाने/रासस