नेपाली खोज
शनिबार, माघ १०, २०७७
  • होमपेज
  • प्रमोद र अन्तराको युगल गीत ‘निरमाया’ सार्वजनिक (भिडियो)

प्रमोद र अन्तराको युगल गीत ‘निरमाया’ सार्वजनिक (भिडियो)

  • Nirmala Karki
  • शुक्रबार, कार्तिक २१, २०७७
प्रमोद र अन्तराको युगल गीत ‘निरमाया’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत ‘निरमाया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । रमाइलो डान्सिङ शैलीको यस गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ । यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन् ।

युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । शुभम भुजेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् । भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ । निकाश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । ‘नेपसिस्टर्स’ (Nepsisters) को अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

तुंग नेपालले विगत लामो समयदेखि नेपाली भाषा, साहित्य र संगीतको जग्रेना गर्दै विदेशमा रहेको आजको नयाँ पुस्तालाई नेपाली कला संस्कृतिको बारेमा प्रशिक्षण प्रदान गर्दै आएका छन् । आगामी दिनहरुमा अझ स्तरिय सिर्जनाहरु प्रस्तुत गर्दै जाने तुंग नेपालले बताएका छन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका