काठमाडौँ । शाहरुख खान र सलमान खानका कैयौँ दर्शकहरुको इच्छा यि दुई स्टार कलाकारहरुलाई एकैसाथ देख्ने छ । पछिल्लो समय शाहरुखका फिल्महरु एकपछि अर्को गर्दै फ्ल्प भइरहेको समयमा शाहरुखले सलमानसँग एउटै पर्दामा काम गर्ने निश्चित भएको बताइएको छ । जसको नाम हो फिल्म पठान । जसमा शाहरुख, सलमानका अलावा जोन इब्राहिम र दीपिका पादुकोण पनि देखिने छन् ।
यसअघि सलमान खान शाहरुखको ‘कुछ कुछ होता हे’, ‘ओम शान्ति ओम’ मा देखिएका थिए जबकि सलमान खानको फिल्म हर दिल जो प्यार करेगा र ट्युबलाइटमा एकसाथ काम गरेका यि २ स्टार कलाकारको एकसाथको अभिनय रहेको फिल्म हेर्न दर्शकहरु उत्साहित भने पक्कै हुनेछन् ।