काठमाडौँ । चर्चित अभिनेता अनमोल केसी र नायिका सुहाना थापा अभिनित फिल्म ए मेरो हजुर युट्युवमा रिलिज गरिएको छ । गत वर्ष हलमा रिलिज भएको यो फिल्म दिपावलीको अवसर पारेर युट्युबमार्फत सार्वजनिक गरिएको निर्माण यूनिटले जनाएको छ । राम्रो व्यापार गर्न सफल भएको तर समिक्षकहरुले खासै नरुचाएको चलचित्रमा अनमोल र सुहानाका अलावा सलोन बस्नेतको पनि शीर्ष भूमिका छ ।
कुनै समयकी लोकप्रिय नायिका झरना थापा निर्देशित यो फिल्ममा सुनील थापाको लगानी रहेको छ । छोरी सुहानालाई डेब्यू गराएर झरना र सुनिले सेफ ल्याण्डिगं गर्न सफल यो चलचित्रमा अनमोलले सुपरस्टारको भूमिका निभाएका छन् भने सुहाना फ्यानको भूमिकामा छिन् ।
यसको सफलतासँगै अनमोल र सुहानालाई लिएर निर्देशक झरना थापा नयाँ फिल्म ‘ए मेरो हजुर ४’ को निर्देशनमा जुटेको भएता पनि कोरोना कहरको मारमा छायांकन परेको खबर छ ।