नेपाली खोज
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • ‘कृष्ण लीला’ मा पुष्पसँग श्रद्धाले रोमान्स गर्ने पक्का, दीपिका प्रसाईं आउट !

‘कृष्ण लीला’ मा पुष्पसँग श्रद्धाले रोमान्स गर्ने पक्का, दीपिका प्रसाईं आउट !

  • Nirmala Karki
  • शुक्रबार, कार्तिक २१, २०७७
‘कृष्ण लीला’ मा पुष्पसँग श्रद्धाले रोमान्स गर्ने पक्का, दीपिका प्रसाईं आउट !

काठमाडौँ । चलचित्र ‘कृष्ण लीला’ मा ऐश्वर्याबाट चर्चा कमाएकी नायिका दीपिका प्रसाईंले अभिनय गर्ने पक्कापक्की भएको थियो । तर अहिले दीपिकाको स्थानमा श्रद्धा क्षेत्री भित्रिएकी छन् । थाइराट र माइग्रेसनको समस्याले पीडित भएका कारण दीपिकाले चलचित्र गर्न नसकेको निर्माण यूनिटले कारण देखाउँदै दीपिकाको स्थानमा श्रद्धालाई ल्याएको बताइएको छ ।

श्रद्धा पछिल्लो दिनमा भारतमा बसेर अभिनयमा सक्रिय मोडल हुन् । ‘कृष्ण लीला’ मा भने उनले अभिनेता पुष्प खड्कासँग रोमान्स गर्नेछिन् । यो चलचित्रलाई लिएर उनी निकै उत्साहित छिन् ।

प्रेमकथामा आधारित हुने चलचित्रमा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ । दीपक ओलीले निर्देशन गर्न लागेको चलचित्र ‘कृष्ण लीला’ को छायाँकन मंसिर १५ गतेबाट सुरु हुनेछ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका