नेपाली खोज
शुक्रबार, माघ २, २०७७
  • होमपेज
  • आफूले पदबाट राजीनामा नदिने प्रधानमन्त्री ओलीको भनाई

आफूले पदबाट राजीनामा नदिने प्रधानमन्त्री ओलीको भनाई

  • Nirmala Karki
  • बिहिबार, कार्तिक २०, २०७७
आफूले पदबाट राजीनामा नदिने प्रधानमन्त्री ओलीको भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनले बताए ।

बुधबार मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको बताए । उनले भने, ‘के अहिले मैले राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिने बाला छैन ।’

केहीले (अविश्वासको प्रस्ताव (?) ) को तयारी गर्दैछन् भन्ने सुनेको, तर त्यसले केही फरक नपर्ने बताए । ‘म यहाँ आएको जालझेल र तिक्डमबाट होइन, जनताको आवश्यकता र व्यापक समर्थनबाट हो । तपाईंहरु ढुक्कले काममा लाग्नुस्’ उनले भने ।

केहीलाई देशलाई अस्थिरतातिर धकेल्न खोज्ने आदत रहेको र, भित्रबाहिरबाट (आफूलाई प्रधानमन्त्रीबाट हटाउने) धेरै कोशिस भएको उनले बताए । हेर्नुहोस कार्तिक २० गतेका मुख्य समाचारहरु :

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका