काठमाडौं । भारतीय लोकप्रिय अभिनेता विजय राजलाई गोंडिया समातिएका छन् । उत्पीडनको आरोप लागेका अभिनेता विजय राजविरुद्ध सोमबार बेलुका ऊजुरी परेको र उनलाई मंगलबार बिहान पक्राउ गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
उनीमाथि क्रुकी महिला सदस्यले उत्पीडनको आरोप लगाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । आरोपका अनुसार ती सदस्यले उनीमाथि त्यहिँ छेडछाडको आरोप लगाएकी हुन् ।
मध्य प्रदेशको बालाघाटमा शेरनीको सुटिङ गरिरहेका उनी समातिएसँगै चलचित्रको छायांकन रोकिएको छ ।
‘धमाल’ फिल्म मार्फत राम्रो लोकप्रियता कमाएका विजय राजको शेरनीलाई अमित मासूरकरले निर्देशन गरिरहेका छन् । जसमा विद्या बालनको मुख्य भूमिका रहेको छ ।