काठमाडौँ । चर्चित गीतकार अम्बिका गुरुङको शब्द शृजनामा तयार भएको तिमी छौ यो मन भरिको गीतको भिडियो सार्वजनिक गरिए लगत्तै राम्रो चर्चा सुरु भएको छ । अस्मिता अधिकारीको स्वरमा सजिएको गीतमा रिकेस गुरुङले संगीत भरेका हुन् ।
भिडियोमा सृष्टि खड्काको अभिनय देखिन सकिन्छ । भावसागरले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेका भिडीयोमा माहि सिंहको मेकअप र सम्पादन निर्दशक कस्यपकै देख्न सकिन्छ । हेर्नुहोस् यो रमाइलो भिडियो…