काठमाडौं । लोकप्रिय गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको ‘यो तिहारैमा घरमै नाचिन्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएसँगै राम्रो चर्चा परिचर्चा सुरु भएको छ ।
गीत मार्फत वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपालीले दशैं तथा तिहार जस्ता ठूला पर्व विदेश मै मनाउनु परेको यथार्थतालाई चित्रण गरिएको भिडियोले छमछम नचाउने कारण र हाम्रो संस्कृतिलाई नजिकबाट केलाएका कारण पनि यसको चर्चा सुरु भएको हो ।
राजकुमार बगरको शब्द रचनाको उक्त गीतलाई गायक रामचन्द्र काफ्ले नै संगीतबद्ध गरेका हुन् । गीतको म्युजिक भिडियोमा चक्र बम, सुधीर श्रेष्ठ, गरिमा शर्मा, रुविना अधिकारी, अस्मिता पन्त, वसन्त अधिकारी तथा पल्पसा डंगोलको अभिनय देख्न सकिन्छ ।
उत्सव दाहालको छायांकन, सुरेन्द्र बसेलको नृत्य निर्देशन र विकास दाहालको सम्पादन रहेको भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । भिडियो गायक स्वयमको च्यानलबाट सार्वजनिक गरिएको हो ।