काठमाडौं । न्युरोलोजिकल डिसअडरका कारण भेन्टिलेटरमा उपचाररत बलिउड अभिनेता फराज खानको निधन भएको छ । भारतीय मिडियाका अनुसार उनको ४६ बर्षको उमेरमा उनको मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
‘फरेब’, ‘पृथ्बी’, ‘मेहन्दी’, ‘दुल्हन बनु मै तेरी’, ‘दलिले फिर याद किया’, ‘चाँद बुझ गया’ जस्ता सुपरहिट फिल्मका काम गरेका फराजको निधनले बलिउड फिल्म उद्योग शोकमा डुबेको छ ।
उनको उपचारका लागि बसलउड सुपरस्टार सलमान खान, अभिनेत्री पूजा भट्ट लगायतका कलाकारहरुले सहयोग गरे पनि उनलाई बचाउन सकेनन् ।
अभिनेत्री पूजा भट्टले उनको निधनमा शोक ब्यक्त गरेकी थिइन् भने सलमाको मद्दतका लागि अगाडि सरेका थिए । सलमानले अस्पतालको खर्च ब्यहोरेका थिए ।