काठमाडौं – नेपालमा बुधबार कोरोना भाइरसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३० जना संक्रमितको मृत्यु भएको जानकारी दिए ।
मन्त्रालयका अनुसार नेपालमा दैनिक मृत्यु हुनेको संख्यामा अहिलेसम्मकै उच्च संख्या हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेसँगै अवस्था डरलाग्दोगरी बढेको छ ।
त्यस्तै आज थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको स्वास्थ्य मनत्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या ३६९११ रहेको छ । त्यस्तै आज थप ३८४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४४ हजार ९७८ पुगेको छ ।
नेपालमा मृत्युदर डरलाग्नेगरी बढीरहँदा ओली सरकारले रमिता मात्रै हेरेर बसेको र शव र संक्रमितको संख्या गन्ने मात्रै काम गरेको नागरिक स्तरबाट आवाज उठेको छ ।