काठमाडौं । बेसार सबैको घरमा प्रयोग हुन्छ । यसलाई तरकारी तथा औषधीको रुपमा प्रयोग गरिन्छ । यसबाट शरीरलाई चाहिने क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामतत्व आदि प्राप्त हुन्छ ।
बेसार भिटामिन र खनिजको मुख्य स्रोत हो । दुधमा बेसार मिसाएर खाएको खण्डमा रुघाखोकी लागेको निको हुन्छ । त्यस्तै बेसारमा मह मिसाएर आएमा टन्सिल भएको निको हुन्छ ।
एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि बेसार प्रभावकारी हुन्छ । बिच्छी, बारुला, अरिंगाल आदिले चिलेमा सो ठाउँमा काँचो बेसारको लेप लगाउँदा आराम मिल्छ । मर्किएको, सुन्निएको वा चोट लागेको ठाउँमा घिउकुमारीसँग बेसार मिसाएर लगाएमा दुखाइ कम हुन्छ । बेसारले मानब जीवनमा धेरै ठुलो सहयोग गर्ने भएकाले गर्दा यसको महत्व निकै रहेको छ ।