काठमाडौं । नेपाली काँग्रेसका चर्चित नेता तथा पूर्व वाणिज्य मन्त्री तथा नेपाली काँग्रेसका नेता मीन विश्वकर्माको आज होस आएको छ । कोरोना पोजेटिभ देखिएपछि उपचारका क्रममा बेहोश भएका नेता विश्वकर्माको १ सातापछि होस खुलेको हो ।
कोरोना संक्रमणपछि ग्रान्डी इन्टरनेशनल अस्पतालको भेन्टिलेटरमा उपचाररत विश्वकर्माको आज होस खुलेको चिकित्सकले जानकारी दिए । कोरोना देखिएपछि होम आइसोलेसनमा बसेका नेता विश्वकर्मालाई ज्वरो र खोकी ले गाल्दै कात्तिक ८ गते गएपछि उनी विर अस्पताल भर्ना भएका थिए ।
विरमा उपचारका क्रममा नेता विश्वकर्माको श्वासप्रश्वासमा पनि समस्या देखिँदा १२ गते ग्राण्डी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । हाल उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र उनले इशाराले कुरा गरेको बताइएको छ ।