नेपाली खोज
शुक्रबार, माघ २, २०७७
  • होमपेज
  • खेतमा तोरी छर्न जादाँ मुखियाको गैँडाले हानेर मृत्यु

खेतमा तोरी छर्न जादाँ मुखियाको गैँडाले हानेर मृत्यु

  • Nirmala Karki
  • आइतवार, कार्तिक १६, २०७७
खेतमा तोरी छर्न जादाँ मुखियाको गैँडाले हानेर मृत्यु

कावासोती । गैँडाको आ’क्रमबाट नवलपरासीपूर्व नवलपुरमा आज एक जनाको मृत्यु भएको छ । नवलपरासीपूर्व नवलपुरको देवचुलीनगरपालिका–१७, कुलेनीमा गैँडाको आक्रमणमा परी सोही ठाउँ निवासी ६५ वर्षीय जङ्गीलाल मुखियाको मृत्यु भएको १७ वडाका वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

आज बिहान खेतमा तोरी छर्न जाने क्रममा उहाँलाई गैँडाले आ’क्रमण गरेको थियो । बिहान ५ बजेको समयमा गैँडाले आक्रमण गरेर घाइते भएका मुखियाको एक घण्टापछि मात्र स्थानीयवासीले देखेर उद्धार गरेको वडाध्यक्ष आचार्यले जानकारी दिनुभयो । उद्धार गरी उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै ज्यान गएको वडाध्यक्ष आचार्यले बताउनुभयो । –रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका