नेपाली खोज
मङ्लबार, माघ १३, २०७७
  • होमपेज
  • महालक्ष्मी नगरबाट ११ लाख नगदसहित १८ जुवाडे पक्राउ

महालक्ष्मी नगरबाट ११ लाख नगदसहित १८ जुवाडे पक्राउ

  • Nirmala Karki
  • आइतवार, कार्तिक १६, २०७७
महालक्ष्मी नगरबाट ११ लाख नगदसहित १८ जुवाडे पक्राउ

ललितपुर – ललितपुर प्रहरीले महालक्ष्मी नगरपालिका-७ चाङ्गाथलीबाट १८ जुवाडे पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा एक व्यक्तिको दुई तले निजी घरबाट तास खेलिरहेको अवस्थामा शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुका साथबाट रु ११ लाख ५५ हजार ५७५ नगदसहित जुवातास खेल्न प्रयोग गरेको १६ थान कौडा पनि बरामद गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी गराउनुभयो । पक्राउ पर्नेलाई जुवातास ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ । –रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका