नेपाली खोज
शनिबार, माघ १०, २०७७
  • होमपेज
  • मजदुरहरुलाई खुसीको खबर, गाउँपालिकामा पहिलोपटक मजदूर सञ्चय कोष स्थापना

मजदुरहरुलाई खुसीको खबर, गाउँपालिकामा पहिलोपटक मजदूर सञ्चय कोष स्थापना

  • Nirmala Karki
  • आइतवार, कार्तिक १६, २०७७
मजदुरहरुलाई खुसीको खबर, गाउँपालिकामा पहिलोपटक मजदूर सञ्चय कोष स्थापना

स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिका भित्र काम गर्ने मजदुरका लागि मजदुर सञ्चय कोष स्थापना गरेको छ । यस्तो पहल सम्भवतः स्थानीय तहस्तरमा मुलुकमै पहिलो हो ।

गाउँपालिकाले सञ्चय कोषमा सूचीकृत हुनसमेत मजदुरलाई आग्रह गरेको छ । दुःख गरेर अरुको लागि खट्ने मजदुरहरुलाई अप्ठेरो परेका बेला कतैबाट पनि सहयोग नपाउने अवस्था आउने भएकोले सञ्चय कोषको शुरुआत गरिएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

पालिकाको मजदुर सञ्चय कोष सञ्चालन कार्यविधि, २०७७ बमोजिम पालिका भित्रका १८ देखि ५९ वर्षका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न मजदुरलाई लक्षित गरी कोष स्थापना गरिएको अध्यक्ष सुवेदीले बताए । योसंगै आजका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका