काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ । त्यस्तै शनिबार थप २५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सहित मुलुकभर १ लाख ७० हजार ७४३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । शनिबारसम्मको तथ्यांक अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको छ ।
त्यस्तै आज थप २२ सय ६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या हालसम्म १ लाख ३१ हजार २२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।