काठमाण्डौ। निर्माता छवि ओझाले चलचित्र ‘कसले चोर्यो मेरो मन-२’ बनाउन लागेका छन् । रिलीजको दश बर्षपछि ओझाले ‘कसले चोर्यो मेरो मन-२’ बनाउन लागेका हुन् । दश बर्ष अघि फिल्ममा रेखा थापा र आर्यन सिग्देलले अभिनय गरेका थिए ।
फिल्मलाई अत्यन्तै मन पराइएको थियो । श्रोतका अनुसार यो चलचित्रमा रेखा र आर्यन नदोहोरिने बताइएको छ । नयाँ कथामा चलचित्र बन्ने भएकोले नयाँ कलाकारहरु रहने बुझिएको छ ।
यो चलचित्र पनि ‘कसले चोर्यो मेरो मन’ निर्देशन गरेका सबिर श्रेष्ठले नै निर्देशन गर्ने बताइएको छ । ‘कसले चोर्यो मेरो मन’ दश बर्ष पहिले रेखा फिल्मसको ब्यानरमा बनेको थियो । ‘कसले चोर्यो मेरो मन-२’ भने निर्माता ओझाले नयाँ कम्पनी दर्ता गरेर बनाउन लागेको बुझिएको छ ।