नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • बेनी जादै गरेको जीप कालीगण्डकीमा खस्दा दसैंमा मामाघर गएर फर्किएकी १० वर्षीया रियाको मृत्यु, १० जना घाइते

बेनी जादै गरेको जीप कालीगण्डकीमा खस्दा दसैंमा मामाघर गएर फर्किएकी १० वर्षीया रियाको मृत्यु, १० जना घाइते

  • Nirmala Karki
  • शुक्रबार, कार्तिक १४, २०७७
बेनी जादै गरेको जीप कालीगण्डकीमा खस्दा दसैंमा मामाघर गएर फर्किएकी १० वर्षीया रियाको मृत्यु, १० जना घाइते

काठमाडौं – रघुगंगा–६ पाखापानीदेखि बेनी जादै गरेको जीप बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने रातोपहिरोमा दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । ज्यान जानेमा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

मृतक बालिका दसैंमा मामाघर गएर आफ्नो घर फर्कन बेनीतर्फ जादै गरेकी थिइन् । खुट्टा भाँचिएका ४२ वर्षीय दलप्रसाद गौचनलगायत ९ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । बेहोस अवस्थामा रहेका चालक रघुगंगा–६ का ३० वर्षीय नन्दबहादुर छन्त्याललाई पोखरा लगिएको छ । जीप सडकदेखि २५ मिटर तल कालीगण्डकी किनारमा खसेको थियो ।

 

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका