काठमाडौँ । लोकप्रिय संचारकर्मी रवि लामिछानेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । लामिछाने सहित उनकी श्रीमती निकिता पौडेललाई पनि संक्रमणको पुष्टि भएको रविले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।
उनले फेसबुकमा लेखेका छन् गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ।
केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।