नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • सुतेका बेला नगर्नुहोस् यी गल्ती, जसले अनुहारको चमक हराउँछ…

सुतेका बेला नगर्नुहोस् यी गल्ती, जसले अनुहारको चमक हराउँछ…

  • Nirmala Karki
  • बिहिबार, कार्तिक १३, २०७७
सुतेका बेला नगर्नुहोस् यी गल्ती, जसले अनुहारको चमक हराउँछ…

एजेन्सी । किन अनुहार चमकहिन बन्छ रु किन छाला रुखो हुन थाल्छ ? धेरैको मनमा यहि प्रश्न उब्जिन्छ । त्यही कारण अनुहारको हेरचाहमा बढी नै ध्यान दिन थाल्छन् । महंगा सौन्दर्य प्रसाधन प्रयोग गर्ने, फेसवास लगाउने, अनुहार धुने जस्ता काम गर्न थाल्छन् । तर, त्यतिले मात्र अनुहारको चमक र्फकन्छ त ?

अनुहारको प्राकृतिक चमक फर्काउनका लागि सौन्दर्य प्रसाधनमा मात्र निर्भर भएर पुग्दैन । त्यससँगै स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । खानपानदेखि सरसफाईसम्ममा ध्यान दिनुपर्छ ।

त्यसबाहेक अरु थुप्रै कारण छन्, जसले अनुहारको चमक हराउँछ । जस्तो कि, तपाईको सुत्ने शैली । अनौठो लाग्न सक्छ, सुत्ने शैलीले पनि सौन्दर्यमा प्रभाव पर्छ ।

कसरी ?

पेटको बलले सुत्नु

अनुहारको चमक हराउनमा तपाईको सुत्ने शैली पनि जिम्मेवार छ । तपाईको सुत्ने पोजिसन यस्तो नहोस्, जसले स्वासप्रश्वास प्रक्रियामा बाधा उत्पन्न गर्छ । खासगरी पेटको बलले सुत्नु हानिकारक हुन सक्छ । यसरी सुत्दा तपाईको शरीरका कति अंगहरुमा प्रत्यक्ष असर पुग्छ र कार्य(संचालनमा वाधा पुग्छ । यही कारण अन्य शारीरिक समस्यासँगै अनुहारको चमक पनि हराउँछ ।

फोहोर सिरानीमा सुत्नु

यदि तपाई फोहोर, भद्दा सिरानी प्रयोग गरिरहनुभएको छ भने त्यसले पनि तपाईको अनुहारको चमक हराउन सक्छ । सुत्नका लागि रेशमको सिरानी सबैभन्दा उपयोगी मानिन्छ ।

सुत्नुअघि फोनको प्रयोग

धेरैको बानी हुन्छ, ओछ्यानमा ढल्किसकेपछि मोवाइल चलाउने । यसले तपाईको निन्द्र खलबल्याउने त छदैछ, अनुहारको चमक पनि हराइदिन्छ । मोवाइलको प्रकाशको सोझो असरले अनुहारको छालामा हानी पुर्‍याउँछ ।

केस फिजाएर सुत्ने

यदि राती सुत्दा केस खोलेर फिजाउने बानी छ भने त्यसले अनुहारको छालामा केहि न केहि असर गर्छ । खासगरी केसमा लगाइएको तेल एवं क्रिमले अनुहारको छालाको रोमछिद्र बन्द गर्न सक्छ ।

अनुहारमा कसरी चमक ल्याउने ?

पेट सफा राख्ने
कब्जियत हुन नदिने
पानी एवं झोल पदार्थ पर्याप्त पिउने
तारेको, मसलेदार खानेकुरा सेवन नगर्ने
ताजा फल, सब्जी सेवन गर्ने

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका