काठमाडौ । नेपालमा एकैदिन ३ हजार ३८ जनाले कोरोनालाई जितेर घर फर्केका छन् । यो संगै कोरोना निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनिहरु विभिन्न स्थानका अस्पतालबाट निको भएका हुन् । त्यस्तै आज २३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । त्यस्तैगरी आज कोरोनाबाट १७ जनाले ज्यान गुमाएका छन् । यो सँगै कोरोना बाट ज्यान गुमाउने मानिसको संख्या ९ सय ४ पुगेको छ ।