काठमाडौ । बलिउड अभिनेता परजान दस्तूरले विवाह गर्न लागेका छन् । सुपरहिट चलचित्र ‘कुछ कुछ होता हे’ मा साइलेन्ट सरदार किडको भूमिकामा अभिनय गरेका परजानले डेलना श्रौफसँग विवाह गर्न लागेका हुन् ।
भारतिय मिडियाका अनुसार इन्गेजमेन्ट गरिसकेका उनले प्रेमीका श्रौफसँग गत वर्ष अक्टुबरमा विवाह गर्न लागेको बताइएको छ । उनले विवाह गर्ने बारे बारे सामाजिक संजालमा तस्विर शेयर गर्दै जानकारी गराएका हुन् ।
‘कुछ कुछ होता हे’ मा अभिनय गरेर चर्चामा आएका उनले २०२१ को फेवरुअरीमा विवाह गर्न लागेको बताएको छ । उक्त चलचित्रमा शाहरुख खान, काजोल र रानी मुखर्जीले अभिनय गरेका छन् ।