एजेन्सी । भारतीय लोकप्रिय अभिनेत्री श्रद्धा कपूर नयाँ चलचित्र ‘नागिन’मा मूख्य भूमिकामा अभिनय गर्ने तयारीमा रहेकी छिन् । अभिनेत्री श्रद्धा ‘नागिन’मा मूख्य भूमिकामा अभिनय गर्न लागेकी हुन् । यो चलचित्र तीन भागको सीरीजको रुपमा रिलीज गर्ने निर्माण यूनिटले जनाएको छ ।
८० को दशकमा श्रीदेवीले नागिन बनेर चर्चित बनेको थिइन् । अहिले अभिनेत्री श्रद्धा ठुलो पर्दामा पहिलो पटक नागिनको भूमिकामा अभिनय गर्न लागेसँगै उनको फेरी एक पटक चर्चा सुरु भएको छ । सालिन र मिलनसार स्वभावकी श्रद्धाको बलिउडमा चर्चा चुलिदो क्रममा रहेको छ ।