ओखलढुङ्गा, १३ कात्तिकः ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षलाई गुर्जोका बेर्ना वितरण गर्दै पूर्व सभाषद् तथा नेपाली काँग्रेसका नेता रामहरि खतिवडा । दशैँ मनाउन गृह जिल्ला आउनु भएका नेता खतिवडाले गाउँपालिकालाई ३०० वटा गुर्जोका बिरुवा हस्तान्तरण गर्नुभएको छ ।
खतिवडाले गाउँका अन्य स्थानमा समेत गुर्जोका बिरुवा उपलब्ध गराउनु भएको छ । रोगप्रतिरोधात्मक क्षमता बढाउने जडिबुटीका रुपमा लिइने गुर्जो कोरोनाबाट बच्नका लागि सेवन गर्नेको सङ्ख्या बढेसँगै जिल्लामा यसको खेती गर्न थालिएको छ । तस्बिरः पूर्णप्रसाद न्यौपाने/रासस