काठमाडौँ । बलिउड सुन्दरी नायिका प्रियंका चोपडाले बलिउड हुँदै हलिउडमा हंगामा मच्चाउने क्रम जारी छ । यसैबिच प्रियंकाले हलिउड फिल्म ‘टेक्स्ट फर यू’मा काम गर्ने पक्का पक्की भएको छ ।
अनतराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार फिल्ममा उनी आउटल्यान्डर स्टार साम ह्यूगन र पाँच पटक ग्र्यामी अवार्ड विजेता केलिन डियोनसँग देखिनेगरी तयारी गरिएको छ ।
टेक्स्ट फर यू मंगेत्तर गुमाउने एक महिलाको कथामा आधारित फिल्मको निर्देशन जिम स्ट्राउसले गर्ने बताइएको छ । यसअघि प्रियंकाले हलिउड फिल्म ‘बे वाच’, ‘अ किड लाइक जेक’ र ‘इजन्ट इट रोमान्टिक’मा काम गरिसकेकी छिन् ।