नेपाली खोज
मङ्लबार, माघ १३, २०७७
  • होमपेज
  • प्रदेश १ मा ५५६ कोरोना सङ्क्रमित थपिए

प्रदेश १ मा ५५६ कोरोना सङ्क्रमित थपिए

  • Nirmala Karki
  • बुधबार, कार्तिक १२, २०७७
प्रदेश १ मा ५५६ कोरोना सङ्क्रमित थपिए

विराटनगर, १२ कात्तिकः पछिल्लो २४ घण्टामा प्रदेश न. १ मा ५५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सोही अवधिमा मंगलबार ४३ सङ्क्रमित थपिएका थिए भने हिजै विभिन्न स्थानबाट ७२० जना उपचार भएर घर फर्किएका थिए । आज सङक्रमित हुनेमा मोरङमा २४२ मध्ये विराटनगरमा १७१, सुनसरीमा १९९, झापामा ७७, उदयपुरमा छ, धनकुटामा पाँच, सङ्खुवासभामा चार, खोटाङ र तेह्रथुममा तीनतीन र प्रदेश बाहिरका १७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार २५० पुगेको छ भने अहिलेसम्ममा १० हजार १३८ जना निको भएर घर फर्किएका छन् । आजै मात्र यसप्रदेशमा ६९५ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा यसप्रदेशमा एक हजार २६१ जना सहित अहिलेसम्ममा कूल एक लाख ५६ हजार ५४६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।(रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका