नेपाली खोज
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • मेचीनगरकी महिलाको कोरोनाबाट मृत्यु

मेचीनगरकी महिलाको कोरोनाबाट मृत्यु

  • Nirmala Karki
  • बुधबार, कार्तिक १२, २०७७
मेचीनगरकी महिलाको कोरोनाबाट मृत्यु

झापा, १२ कात्तिकः मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको आज कोभिड –१९ को सङ्क्रमणबाट मृत्यु भएको छ । बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारकै क्रममा आज बिहान ९ बजे उनको मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यसै साता बिर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको वडाध्यक्ष ललित तामाङले जानकारी दिनुभयो ।

निमोनिया सङ्क्रमण पत्तो लागेपछि उनलाई सघन उपचार कक्षमा राखेर थप उपचारका गर्न हस्पिटल लगिएको थियो । बडादशैंको टीकाको दिन उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मृतकका नातिले जानकारी दिए । (रासस)

 

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका