नेपाली खोज
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • रुखबाट लडेका घाइतेको उपचारमा जुट्यो ३ लाख

रुखबाट लडेका घाइतेको उपचारमा जुट्यो ३ लाख

  • Nirmala Karki
  • बुधबार, कार्तिक १२, २०७७
रुखबाट लडेका घाइतेको उपचारमा जुट्यो ३ लाख

बेनी, १२ कात्तिकः रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दी, रघुगंगा गाउँपालिका–३ पीप्लेका एक युवकको उपचारमा करीब रु तीन लाख सहयोग जुटेको छ । यही कात्तिक ५ गते रुखबाट खसेका २२ वर्षीय अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।

मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या आएको र उपचारमा ठूलो खर्च लाग्ने भएपछि अर्थ संकलन अभियान शुरु गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी पीप्ले उपशाखा र सिवाइजी क्लबको अगुवाइमा सञ्चालन भएको सहयोग संकलन अभियानअन्तर्गत मंगलवारसम्म प्राप्त रु २ लाख ९१ हजार ६५५ रिजालको परिवारलाई हस्तान्तरण गरिएको छ ।

अस्पतालमा औषधोपचारमा रकम आवश्यक परेपछि संकलन भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको र अभियानलाई निरन्तरता दिइएको नेपाल रेडक्रस सोसाइटी पिप्ले उपशाखाका सभापति तारानाथ शर्माले जानकारी दिनुभयो । संकलित रकम मंगलबार उपचाररत रिजालका बुबा रुद्रलाई वडाध्यक्ष जीवनकुमार मल्ल र उपशाखाका सभापति शर्मा सहितको टोलीले हस्तान्तरण गर्नुभएको थियो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका