नेपाली खोज
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • बर्दियामा बाघको आक्रमणबाट दुईको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट दुईको मृत्यु

  • Nirmala Karki
  • बुधबार, कार्तिक १२, २०७७
बर्दियामा बाघको आक्रमणबाट दुईको मृत्यु

बर्दिया, १२ कात्तिकः मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्र’मणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो । धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

एक साताअघि मात्रै सोही ठाउँमा घाँस काट्ने क्रममा बाघले आ’क्रमण गर्दा मधुवन–३ भगरैया बस्ने २८ वर्षीय गंगा बुढाको तथा केही महिना पहिले एक बालकको मृत्यु भएको थियो । नगरपालिकाका प्रमुख गणेशबहादुर क्षेत्रीले भारतीय सीमावर्ती क्षेत्रमा भएको बाघले पटक पटक आक्रमण गर्ने गरेको बताउँदै नरभक्षी हुन सक्ने भएकाले तत्काल बैठक बसेर नियन्त्रणका लागि पहल गरिने आश्वासन दिनुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका