नेपाली खोज
सोमवार, माघ १२, २०७७
  • होमपेज
  • इरानमा कोरोनाभाइरसका संक्रमित बढे

इरानमा कोरोनाभाइरसका संक्रमित बढे

  • Nirmala Karki
  • मङ्लबार, कार्तिक ११, २०७७
इरानमा कोरोनाभाइरसका संक्रमित बढे

तेहरान, ११ कात्तिक–– इरानमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा ठूलो संख्यामा संक्रमितहरुको मृत्यु भएको छ । इरानी स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो पटक एकै दिन ३४६ जनाको ज्यान गएको छ ।

यो मृत्युसँगै इरानमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ हजार २९९ पुगेको छ । अरब देशहरुमा इरानमा सबैभन्दा ठूलो संख्यामा इरानमा कोरोनाभाइरसका संक्रमितको मृत्यु भएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता सिमा सादात लारीले नयाँ कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ६ हजार ९६८ रहेको पनि जानकारी दिनुभयो । उहाँले योसहित इरानमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ८२४ पुगेको बताउनुभयो । (रासस–एपी)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका