काठमाडौँ । भारतीय लोकप्रिय नायिका ज्याकलिन फर्नान्डेजले आफ्ना एक सहयोगीलाई कार उपहार दिदएकी छिन् । श्रीलंकन मूलकी यी नायिकाले आँफु बलिउडमा सक्रिय रहेयता सहयोग गर्दै आएका आफ्नो टिमका एक सहयोगीलाई कार उपहार गरेकी हुन् ।
केही समय अघि बूकिङ गरिएको उक्त कारको डेलिभरी दशहरा दशैंकै समयमा भएपछि ज्याकलिन र ति सहयोगी दुवै खुशी भएको बताइएको छ । कोरोना महामारीको पछिल्ला दिनमा पनि ज्याकलिन फिल्मको सूटिङमा नै ब्यस्त छिन् । तस्वीरमा ज्याकलिनलाई प्रहरी इन्सपेक्टरको भूमिकामा देख्न सकिन्छ ।