नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • निर्देशक मदन घिमिरेको चेतनामूलक गीत ‘सम्झिएर जिन्दगी’ सार्वजनिक

निर्देशक मदन घिमिरेको चेतनामूलक गीत ‘सम्झिएर जिन्दगी’ सार्वजनिक

  • Nirmala Karki
  • मङ्लबार, कार्तिक ११, २०७७
निर्देशक मदन घिमिरेको चेतनामूलक गीत ‘सम्झिएर जिन्दगी’ सार्वजनिक

भक्तपुर, ११ कात्तिकः चलचित्र निर्देशक मदन घिमिरेले दशैँका अवसरमा चेतनामूलक नेपाली गीत ‘सम्झिएर जिन्दगी’ सार्वजनिक गर्नुभएको छ । म्युजिक भिडियोमा घिमिरेको निर्देशन, गायक प्रमोद खरेलको स्वर तथा नायक राजेश हमाल र नायिका पुष्पा लिम्बूको अभिनय एवं सपना पुनका शब्द, देवकुमार चौधरीको सङ्गीत, अशोक राईको एरेन्ज र डम्बर राईको छायाङ्कन छ ।

आमाको माया, घर संसार, कस्तो साइनो, माया नमार, माया बसेछ, मनमा माया, जीवनदाता, दादागिरी, दोस्ती, मस्ती लगायत ३० चलचित्र र एक दर्जन म्युजिक भिडियोको निर्देशन गर्नुभएका घिमिरेले कोरोनाकै कारण बन्द नेपाली चलचित्र क्षेत्रको पहिचान स्थापित गर्न दशैँको मौकामा म्युजिक भिडियो सार्वजनिक गरिएको जानकारी दिनुभयो । सामाजिक कार्यमा समेत सक्रिय सूर्यविनायक नगरपालिका–७ गुण्डु निवासी घिमिरे हनुमन्ते सफाइ अभियानका विशेष दूतसमेत हुनुहुन्छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका