काठमाडौं – बिजय दशमीको दिन पारेर शान्ति श्री परियार र राम तामाङको आवाजमा रहेको ‘अँधेरै अँधेरो’ गीत सार्वजनिक भएको छ । पछिल्लो समयकी चर्चित मोडल जुना गुरुङको अभिनय रहेको गीतलाई दिप्लभ खातीले लेखेका हुन् भने जुनालाई अभिनयमा सुजन रायले साथ दिएका छन् ।
माया प्रेम र बिछोडको कथामा आधारीत रहेर भिडियो तयार भएको निर्देशक पवन नेपालीले जानकारी दिए । गीतलाई शिव राजा भुर्तेलले खिचेको हुन भने सुबास अम्गाईले फलाना क्रियशनको स्टुडियोमा सम्पादन गरेका हुन् । हेर्नुहोस् गीत ।