नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • तनहुँमा कोरोना सङ्क्रमणबाट पुरुषको मृत्यु

तनहुँमा कोरोना सङ्क्रमणबाट पुरुषको मृत्यु

  • Nirmala Karki
  • मङ्लबार, कार्तिक ११, २०७७
तनहुँमा कोरोना सङ्क्रमणबाट पुरुषको मृत्यु

दमौली, ११ कात्तिकः तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको आज बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । ती पुरुषमा कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

ती पुरुषमा निमोनिया लगायतको समस्या थियो । योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने गण्डकी प्रदेशमा ६८ पुगेको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका