नेपाली खोज
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • बाँदरलाई हानेको गोली लागेर एकको मृत्यु

बाँदरलाई हानेको गोली लागेर एकको मृत्यु

  • Nirmala Karki
  • मङ्लबार, कार्तिक ११, २०७७
बाँदरलाई हानेको गोली लागेर एकको मृत्यु

झिमरुक, ११ कातिक: प्युठानमा बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लाग्दा आज एक वृद्धको मृत्यु भएको छ । घटनामा नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँका ३४ वर्षीय हेमलाल सुनारले आज बिहान बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकले नातामा काका पर्ने दलबहादुरलाई लागेको थियो ।

बन्दुक प्रहारकर्ता हेमलाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिनुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका