नेपाली खोज
शुक्रबार, माघ २, २०७७
  • होमपेज
  • बलिउड चर्चित अभिनेत्री माधुरी दीक्षित अब वेब सिरिजमा

बलिउड चर्चित अभिनेत्री माधुरी दीक्षित अब वेब सिरिजमा

  • Nirmala Karki
  • मङ्लबार, कार्तिक ११, २०७७
बलिउड चर्चित अभिनेत्री माधुरी दीक्षित अब वेब सिरिजमा

मुम्बई फिल्मस्मा निर्वाह गरेको भूमिकामार्फत करोडौं फ्यान कमाएकी बलिउड अभिनेत्री माधुरी दीक्षित अब डिजिटल प्लेटफर्मतर्फ मोडिएकी छन् । माधुरी करण जौहरको प्रोडक्सन हाउसबाट बन्न लागेको एक वेब सिरिजमार्फत डिजिटल डेब्यु गर्न लागेकी हुन् ।

यही वर्ष मार्चबाट मुम्बईमा यो सिरिजको सुटिङ सुरु भएको थियो। तर एक हप्ता सुटिङ भएपछि कोरोना माहामारीका कारण रोकिएको थियो। अब यसको बाँकी सुटिङ छिट्टै सुरु हुन लागेको छ । अन्न्पुर्ण पोष्टमा खबर छ ।

निर्माताले यही महिनाको अन्तिमबाट यसको पुनः सुटिङ सुरु हुने जानकारी दिएका छन् । यस पटक मुम्बईको ठाउँमा नासिकमा सुटिङ गर्न लागिएको उनीहरूले बताएका छन् । १५ दिनको सुटका लागि एउटा बंगला लिइएको छ। प्रोडक्सन टिमले बंगलामा सेट बनाउन सुरु गरेको छ। माधुरी र बाँकी टिम यो महिनाको अन्तिम वा नभेम्बरको सुरुमा नासिक पुग्ने बताइएको छ।

करण जौहरले गत वर्ष डिसेम्बरमा आफ्नो वेब सिरिजमा माधुरी दीक्षितले काम गर्ने घोषणा ट्विटर अकाउन्टमार्फत गरेका थिए । करण जौहरको प्रोडक्सन हाउसबाट बन्ने नेटफ्लिक्सको यो वेब सिरिज फेमेली ड्रामा हुनेछ। यसको नाम ‘एक्ट्रेस’ राखिएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका