नेपाली खोज
सोमवार, माघ ५, २०७७

हालको खबर

  • होमपेज
  • प्रमोद, पूजा, पल, वर्षा लगायतका कलाकारहरुको दशैँ रौनक तस्विरमा हेर्नुहोस्…

प्रमोद, पूजा, पल, वर्षा लगायतका कलाकारहरुको दशैँ रौनक तस्विरमा हेर्नुहोस्…

  • Nirmala Karki
  • सोमवार, कार्तिक १०, २०७७
प्रमोद, पूजा, पल, वर्षा लगायतका कलाकारहरुको दशैँ रौनक तस्विरमा हेर्नुहोस्…

काठमाडौँ । कोभिड १९ को महामारीका कारण यो दशैँ सारा नेपालीले सोचे जसरी उल्लासमय तरिकाले मनाउन पाएनन् । कतै मास्क लगाएर टिका लगाएका दृश्यहरु सार्वजनिक भएका छन् त कतिपय घर बाहिर नै नितस्किएका छैनन् ।

यसैबिच यो वर्ष लोकप्रिय नायिका तथा निर्मात्री रेखा थापा अघिल्ला वर्षहरुमा झै टीका लगाउन विराटनगर गइनन् । कोरोना कहरकाबिचमा काठमाडौँमा नै मनाएको दशैँको तस्विर भने उनले आफ्नो इस्टामा पोस्ट्याएकी छिन् ।

लोकप्रिय गायक प्रमोद खरेलले ६ वर्षपछि बुबा आमाको हातबाट टीका लगाउने अवसर यो वर्ष जुर्यो । पछिल्लो ६ वर्षसम्म देश विदेशका विभिन्न कार्यक्रमको दौडधुपमा रहँदै आएका प्रमोदले कोरोनाका कारण काठमाडौँ स्थित घरमा नै दशैँ मनाए । ४ महिनाकी प्रमोदकी छोरी हाँस्ने समय भएका कारण पनि उनलाई यो विदाको समय अन्य कलाकारहरुका भन्दा फरक छ ।

बुबा, आमा सहित सबै परिवार एकसाथ भएको दशैँको यो रमाइलो पलमा ओएस नेपालसँगको कुराकानीका क्रममा प्रमोदले कोभिडका कारण परिस्थिती असहज भएको भएता पनि परिवारसँग दशैँको यो माहोल बाँड्न पाउँदा भने उनी ब्यक्तिगत रुपमा भने खुशी छन् ।

त्यस्तै आँफु पनि अरुको घरमा नजाने र आफ्नो घरमा पनि यो वर्ष महामारीका कारण कसैलाई नआउन आग्रह गरेका बरिष्ठ अभिनेता हरिवंश आचार्यले पत्नि रमिला र छोरा मोहीत र बुहारीसँग टिका लगाएर घरमा नै दशैँ मनाए । अन्य कलाकरहरुले कसरी मनाए दशैँ ? हेर्नुहोस् कलाकारको दशैँ तस्विरमा…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका