म्याग्दी, १० कात्तिक: म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खबाङमा आइतबार राति एक व्यक्तिले चि’र्पट प्र’हार गरेर श्रीमतीको ह’त्या गरेका छन् । घरायसी बिषयमा उत्पन्न विवादमा ओमबहादुर दमाईले चिर्प’ट प्र’हार गर्दा उनकी श्रीमती ४४ वर्षीया रिमा दमाईको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बयालीस वर्षीय ओमबहादुरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी सहायक निरीक्षक बलराम पौडेलको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक किरणजंङ्ग कुँवरले बताउनुभयो । शव परीक्षणका लागि बेनी अस्पताल लैजाने तयारी भएको छ । घ’रायसी वि’वादमा भनाभन हुँदा म’दिरा से’वन गरेका ओमबहादुरले श्रीमतीलाई दाउराको चि’र्पट प्र’हार गरेको स्वीकार गरेका छन् ।
स्थानीयवासीले इलाका प्रहरी कार्यालय दरवाङलाई खबर गरेपछि राति नै प्रहरी टोली घटनास्थल पुगेको थियो । ओमबहादुरलाई पनि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइने घटनास्थलमा रहनुभएका प्रहरी सहायक निरीक्षक पौडेलले बताउनुभयो ।
म्याग्दीमा हुने अपराधको मुख्य कारण मदिरा सेवन देखिएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका कुल १५७ वटा मुद्दामध्ये ४२ वटाको कारण मदि’रा सेवन देखिएको प्रनाउ कुँवरले बताउनुभयो । प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामध्ये २७ प्रतिशत मदि’रा र बाँकी अन्य कारणबाट भएको प्रहरीको तथ्याङ्क छ । (रासस)