नेपाली खोज
सोमवार, माघ ५, २०७७

हालको खबर

  • होमपेज
  • कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

  • Nirmala Karki
  • आइतवार, कार्तिक ९, २०७७
कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

काठमाडौँ, ९ कात्तिकः नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ । कोभिड–१९ को संक्रमणका कारण यही कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिन चियापन तथा शुभकामना समारोह नगरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका