नेपाली खोज
मङ्लबार, माघ ६, २०७७
  • होमपेज
  • करिश्माकी छोरी कविताले शिव श्रेष्ठका छोरा शक्तीसँग खेल्ने भनिएको फिल्म रोकिनुको कारण यस्तो

करिश्माकी छोरी कविताले शिव श्रेष्ठका छोरा शक्तीसँग खेल्ने भनिएको फिल्म रोकिनुको कारण यस्तो

  • Nirmala Karki
  • आइतवार, कार्तिक ९, २०७७
करिश्माकी छोरी कविताले शिव श्रेष्ठका छोरा शक्तीसँग खेल्ने भनिएको फिल्म रोकिनुको कारण यस्तो

काठमाडौँ । सदावहार अभिनेत्री करिश्मा मानन्धरले घर्किदोँ उमेरमा पनि आफ्नो अधुरै रहेको अध्ययनलाई पूरा गर्ने जर्मको गरेकी छिन् । उनले आफ्ना इच्छाहरु एकपछि अर्को गर्दै पूरा गरिरहेकी छिन् । आँफैले कार हाँकेर स्कुल जाने निकै कम नेपाली बिद्यार्थी मध्येकी एक करिश्माले आफ्नो छोरीलाई पनि नायिकाका रुपमा अघि सार्ने गरेको चेष्टा पछिल्ला दिनमा पूरा नहुनेको की भन्ने चिन्ताले उनलाई अहिले सताउन थालेको छ ।

भुवनका छोरा अनमोल केसी, झरानाकी छोरी सुहाना थापा, शोभित बस्नेतका छोरा सलोन बस्नेतलगायत धेरै स्टार किड्स फिल्म अभिनयमा होमिसकेका बेला करिश्माले पनि आफ्नी छोरीलाई पनि आफ्नो लाइनमा ल्याउन खोजेकी पनि हुन् । तर सोचेझै जिन्दगी रैनछ भनेझै कविताको फिल्मको केही प्रतिशत छायांकन समेत गरेपछि रोकियो । निर्माताबीचको आन्तरिक मनमुटावले फिल्मको छायांकन पूरा हुन सकेको छैन ।

अब यो फिल्म निर्माण भएर प्रदर्शन हुने सम्भावना न्यून हुँदै गएका बेला नायिका करिश्माले आफ्नी छोरीले अभिनय गरेको पहिलो फिल्म बीचमै रोकिँदा कविता निकै निराश भएको प्रतिक्रिया दिएकी छिन् । सोही फिल्मपछि कविताको फिल्म गर्ने चाहाना मेटिएको करिश्मा बताउँछिन् । कविताले डेब्यू गर्न लागेको फिल्ममा कविताले अभिनेता शिव श्रेष्ठका छोरा शक्तिसँग जोडी बाँध्ने तयारी थियो । तर उक्त तयारी अब पूरा होला नहोला समयले नै देखाउला भन्छिन् करिश्मा ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका