नेपाली खोज
शनिबार, माघ १०, २०७७
  • होमपेज
  • प्रदेश २ मा ११७ नयाँ सङ्क्रमित थप

प्रदेश २ मा ११७ नयाँ सङ्क्रमित थप

  • Nirmala Karki
  • शनिबार, कार्तिक ८, २०७७
प्रदेश २ मा ११७ नयाँ सङ्क्रमित थप

जनकपुर, ८ कात्तिक: प्रदेश नं. २ मा आज कोराना भाइरसबाट थप ११७ सङ्क्रमित देखिएका छन् । प्रदेशअन्तर्गतका विभिन्न जनस्वास्थ्य प्रयोगशाला गरी ३०९ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नयाँ सङक्रमित फेला पर्ने जिल्लामा धनुषामा १४ जना, पर्सामा १० जना, बारा र महोत्तरीमा सात/सात जना, रौंतहटमा १४ जना, सप्तरीमा ४१ जना, सर्लाहीमा १० जना र सिरहामा १४ जना छन् । प्रदेशमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५०२ रहेको छ भने उपचार गराइ निको भएर घर फर्कनेहरुको सङ्ख्या अहिलेसम्ममा १५ हजार ९७४ रहेको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका